मोरङमा एसईईका ११६ नक्कली परीक्षार्थी पक्राउ

हिमाल प्रेस २३ चैत २०७९ १२:२६
6
SHARES
मोरङमा एसईईका ११६ नक्कली परीक्षार्थी पक्राउ

विराटनगर- मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ११६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। अरूको नाममा परीक्षा दिइरहेका उनीहरूलाई आज (बिहीबार) अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन्। नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए।

प्रकाशित: २३ चैत २०७९ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =