सत्ता गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने

हिमाल प्रेस २३ चैत २०७९ ९:२५
8
SHARES
सत्ता गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौँ- सत्ता गठबन्धनले आज (बिहीबार) सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएको छ। गठबन्धनमा सहभागी १० दलहरूले आज दिउँसो साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्।

त्यसका लागि बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बसिरहेको छ। साझा कार्यक्रम सार्वजनिक भएपछि शुक्रबारसम्म मन्त्रिपरिषद्को पूर्ण विस्तार गर्ने सरकारको तयारी छ।

यसअघि एमाले-माओवादीसहितको गठबन्धनले पनि साझा न्यूनतम कार्यक्रम बनाएको थियो। तर सो गठबन्धन भत्किएर कांग्रेस-माओवादीसहितको नयाँ समीकरण बनेपछि फेरि अर्को साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

प्रकाशित: २३ चैत २०७९ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =