जीतपुरसिमरामा बीमासम्बन्धी अन्तरक्रिया, सबै नागरिकको बीमा गर्न सुझाव

हिमाल प्रेस २२ चैत २०७९ १७:०९
2
SHARE
जीतपुरसिमरामा बीमासम्बन्धी अन्तरक्रिया, सबै नागरिकको बीमा गर्न सुझाव

काठमाडौँ- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरेका छन्।

नेपाल बीमा प्राधिकरणबाट बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मंगलबार आयोजित बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले आर्थिक सहायता, चन्दालगायतका खर्च बन्द गरेर सबैको बीमा गर्नुपर्ने आवश्यकता रहेको बताए।

अध्यक्ष सिलवालले साना बीमा दाबी भुक्तानीका सम्बन्धमा प्राधिकरणले स्पष्ट निर्देशन दिइसकेकाले अब बीमा कम्पनीहरूबाट दाबी भुक्तानी छिटो हुने उल्लेख भन्दै दाबी भुक्तानी समयमा नै नगर्ने कम्पनीहरू बजारमा टिक्न नसक्ने दाबी गरे। उपमहानगरपालिका प्रमुख राजन पौडेलले बीमा कम्पनीहरूले कृषकका आवश्यकता अनुसारका बीमालेखहरू ल्याउनुपर्ने बताए। कृषकका घरगोठ तथा खेतबारीमा पुगेर बीमा गराउनुपर्ने उनले बताए।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाबारे बुझाउनुपर्ने आवश्यकता रहेको औंल्याए। बीमाको दायरा बढाउन सकेमा विपद्का बेला क्षतिपूर्ति एवम् राहतका लागि स्थानीय तहलाई थप आर्थिक भार नपर्ने उनले औंल्याए।

प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमाको महत्त्व तथा दाबी भुक्तानी प्रक्रिया र बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताए।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद शर्माले बीमाबाट उद्योग व्यवसायको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले सबैलाई बीमा गर्न आग्रह गरे।

प्रकाशित: २२ चैत २०७९ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =