सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

हिमाल प्रेस २२ चैत २०७९ १६:२१
18
SHARES
सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ। लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो।

उनको मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको थियो। आज यो मुद्दामा इजलासको चौधौँ नम्बरमा पेसी तोकिएको थियो। चैत १३ गते पनि मुद्दाको पेसी तोकिएको थियो तर त्यसबेला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेर रोकिएको थियो। घिमिरे लामिछानेलाई थुनामा पठाउने आदेश दिने न्यायाधीश हुन्। घिमिरेको इजलासमा परेपछि लामिछानेका अधिवक्ताले सुनुवाइ नै स्थगन गरेका थिए।

घिमिरेको एकल इजलासले नै लामिछानेलाई कात्तिक १९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो। घिमिरेको आदेश बदर भएपछि सन्दीप थुनामुक्त भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ। आज त्यसैको अन्तिम फैसला हुने भनिएको थियो।

प्रकाशित: २२ चैत २०७९ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =