एमालेको विश्वासको मत मसँग रहिरहन्छ : मुख्यमन्त्री यादव

हिमाल प्रेस २१ चैत २०७९ २१:५२
14
SHARES
एमालेको विश्वासको मत मसँग रहिरहन्छ : मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताएका छन्।

प्रदेश सरकारमा नेकपा(एमाले)का तर्फबाट सहभागी मन्त्रीहरूले मंगलबार राजीनामा बुझाएपछि सञ्चारकर्मीहरूसँग मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताएका हुन्।

उनले केन्द्रको गठबन्धन अनुरूप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरूलाई आफैले सहजीकरण गर्न आग्रह गरेको बताए। सञ्चारकर्मीहरूको जिज्ञासामा मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताए।

मधेश प्रदेश सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा समावेश हुने उनको भनाइ थियो।

प्रकाशित: २१ चैत २०७९ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =