भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

हिमाल प्रेस २१ चैत २०७९ २१:४०
8
SHARES
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौँ- भूतपूर्व सैनिक सम्मेलन-२०७९ अन्तर्गत मंगलबार तीन जिल्लामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ। दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपूसैनिक सम्मेलन सम्पन्न भएको हो।

श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथि प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गरे। दोलखाको चरीकोट र सिन्धुलीको माझीटारमा श्रीमध्यपूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज केसी र श्री नं २७ बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङ प्रमुख अतिथि थिए।

सम्मेलनका क्रममा मन्थलीबाट दोलखा र सिन्धुलीका समारोहस्थलका सहभागीलाई पनि प्रधानसेनापति शर्माले अनलाइनमार्फत सम्बोधन गरेका थिए। मूल समारोहस्थलमा दोलखा निवासी ९४ वर्षीय मानार्थ उपसेनानी कटकबहादुर तामाङ (अप्रा) र स्व. सिपाही रत्नबहादुर खड्का (अप्रा) को श्रीमती सिन्धुली निवासी ९८ वर्षीया एकल महिला लिलामाया खड्कालाई सम्मान गरिएको थियो।

त्यस्तै सर्वोत्कृष्ट लघुउद्यमी÷व्यवसायी दुई जनालाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो। सोही क्रममा चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका पाँच अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त पाँच जनालाई ह्विल चियर तथा बैसाखी र विभिन्न सहुलीयतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिलाई चेक हस्तान्तरण गरिएको थियो।

सम्मेलनको अवसरमा तीनवटै समारोहस्थलमा सैनिक मेडिकल टोलीद्वारा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। योसँगै यस वर्षको भूपू सैनिक सम्मेलनका कार्यक्रम सम्पन्न भएका नेपाली सेनाले जानकारी दिएको छ।

प्रकाशित: २१ चैत २०७९ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =