अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सीईओमा गौतम

हिमाल प्रेस २१ चैत २०७९ १६:५४
4
SHARES
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सीईओमा गौतम

काठमाडौँ- अपर तामाकोशी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो। गौतम नेपाल विद्युत प्राधिकरणका ११औँ तहमा निर्देशक थिए।

अपर तामाकोशी हाइड्रोपावर कम्पनी स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न स्थापना गरिएको कम्पनी हो।

कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सकिएर सञ्चालनमा आइसकेको छ। नवनियुक्त सीईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तिब्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरूलाई फरफारक गर्नेलगायत काम आफ्नो प्राथमिकतामा रहेको बताए।

रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ। इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ।

प्रकाशित: २१ चैत २०७९ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =