यस्तो छ ‘बहाव’को टाइटल गीत

हिमाल प्रेस २१ चैत २०७९ १६:५३
4
SHARES
यस्तो छ ‘बहाव’को टाइटल गीत

काठमाडौँ-  चैत २४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बहाव’ को ‘बहाव यी मनका’ बोलको टाइटल गीत सार्वजनिक भएको छ। गीत सोमबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

युवराज चौलागाईंको स्वर रहेको गीतमा प्रमोद कँडेलको शब्द र वसन्त सापकोटाले संगीत भरेका छन्। गीतको निर्देशन वसन्त सापकोटाले गरेका हुन् भने गीतमा विषय आचार्यको संगीत संयोजन छ।

सुरक्षा पन्त र कमलमणि नेपालको मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार अरफान अली, सूर्य शर्मा, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन गिरीलगायतको अभिनय छ।

फिल्मका निर्माता श्रीधर पौडेल हुन्। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित रहेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित: २१ चैत २०७९ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =