न्यायाधीश सिन्हाले हेर्न नमिल्ने भनेपछि सर्‍यो रविविरुद्धको मुद्दाको सुनुवाइ

हिमाल प्रेस २१ चैत २०७९ १६:२४
26
SHARES
न्यायाधीश सिन्हाले हेर्न नमिल्ने भनेपछि सर्‍यो रविविरुद्धको मुद्दाको सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ। आज मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिए पनि मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो।

लामिछानेविरुद्ध कुटनीतिक राहदानी दुरुपयोगको मुद्दा नचल्ने भनि महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर माग गर्दै रिट दायर भएको थियो। युवराज पौडेल (सफल)ले उनीमाथि कीर्ते राहदानीमा मुद्दा चल्नुपर्ने दाबीसहित रिट दायर गरेका थिए। न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा बसेर लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने भएको हो।

उनको विवादमा आफ्नो धारणा संवैधानिक इजलासबाट नै आएकाले मुद्दा नहेर्न भनेपछि मंगलबारको सुनुवाइ सरेको छ। अब अर्को पेसी तोकिने छ। वैशाख १० गते चितवनमा हुन लागेको उप–निर्वाचनलाई लक्षित गर्दै रिट सर्वोच्चमा दायर गरिएको थियो।

लामिछानेको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले माघ १३ गते फैसला सुनाएको थियो।

योसँगै उनी सांसद पद र नागरिकता विहीन भएका थिए। सर्वोच्चको उक्त फैसलालगत्तै उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर पुन: नागरिकता लिएका थिए।

लामिछाने अहिले फेरि चितवन-२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। रिट दायरकर्ता पौ‌डेलले लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै अर्को रिट पनि दायर गरेका छन्।

प्रकाशित: २१ चैत २०७९ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =