रेड्मी नोट-१२ र १२ प्रो ५-जी बजारमा

हिमाल प्रेस २१ चैत २०७९ १३:१६
14
SHARES
रेड्मी नोट-१२ र १२ प्रो ५-जी बजारमा

काठमाडौँ- शाओमीले रेड्मी नोट-१२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। यो सिरिजमा रेड्मी नोट-१२ र रेड्मी नोट-१२ प्रो ५-जी गरी दुईवटा फोन समावेश छन्।

नोट-१२ मा स्न्यापड्रागन प्रोसेसर प्रयोग गरिएको छ। जसले फोटोग्राफी, गेमिङ, अडियो र स्ट्रिमिङमा सहज हुने कम्पनीको दाबी छ।

१२ प्रो ५-जीमा मिडियाटेक डिमिनसिटी १०८० प्रोसेसर छ। यसले फोनलाई प्रभावशाली बनाउने र ठूला एप तथा फाइलसमेत सहज रूपमा चलाउन सकिने बताइएको छ। १२ प्रोमा ५००० एमएएचको ब्याट्री छ।

यसमा भएको फ्ल्यागसिप ६७ टर्बो चार्जिङ सुविधाले १५ मिनेटमै दिनभरको लागि पावर ब्याकअप दिने रेड्मीले जनाएको छ। नोट-१२ प्रो मा ५० मेगापिक्सलको ट्रिपल क्यामेरा सेटअप छ।

रेड्मी नोट-१२ तीन स्टोरेज विकल्पसहित उपलब्ध छ। जसको मूल्य २२ हजार ९९९ देखि २६ हजार ९९९ सम्म तोकिएको छ। त्यसैगरी रेड्मी नोट १२ प्रो ५-जी दुई स्टोरेज भेरियन्टमा छ। जसको मूल्य ३८ हजार ९९९ र ४१ हजार ९९९ रहेको छ।

प्रकाशित: २१ चैत २०७९ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =