नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठन बनाऔं : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २० चैत २०७९ १६:५५
382
SHARES
नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठन बनाऔं : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनको बनाउनतर्फ ध्यान दिन निर्देशन दिएका छन्। सोमबार प्रहरी प्रधान कार्यालय अनुगमन गर्न पुगेका श्रेष्ठले शासकीय अहंकारलाई छोडेर जनताको सेवकको रुपमा अघि बढ्न निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठले गैरकानुनी काम रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै नेपाल प्रहरीलाई सुदृढीकरण गर्न आह्वान गरे।

प्रहरीका उच्च पदमा पुग्नेहरूसँग पहुँच भएकाहरूको मात्रै गुनासो सुनुवाइ हुने गरेको गुनासो आएको भन्दै उनले भने, ‘नेपाल प्रहरी भनेको ठूलो जिम्मेवारी बोकेको पद हो। यहाँ कोही हाकिम होइन सबै जनताको सेवक हो। गरिब, असहाय, पीडित जो कोहीको पनि मुद्दा सुनुवाइ गर्नुपर्छ।’

प्रकाशित: २० चैत २०७९ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =