बेकोको ‘नयाँ वर्ष योजना’ सार्वजनिक

हिमाल प्रेस २० चैत २०७९ १५:३९
4
SHARES
बेकोको ‘नयाँ वर्ष योजना’ सार्वजनिक

काठमाडौँ- इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै ‘नयाँ वर्षको उमंग, मनाऔँ बेको सँग’ योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिद गर्दा ग्राहकले आकर्षक उपहारहरू पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पाइनेछ। त्यस्तै डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइने कम्पनीको भनाइ छ।

साथै सिंगल डोर रेफ्रिजीरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजीरेटरमा एअर फ्राएर उपहार पाइनेछ। त्यस्तै कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राइ प्यान र एअर कन्डिसनर को खरिदमा चार हजार रुपैयाँ बराबरका फ्री इन्स्ट्लेसन पाइनेछ।

उक्त योजना चैत १५ गतदेखि लागू भइसकेको छ। बेको ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल कम्पनी हो।

प्रकाशित: २० चैत २०७९ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =