सभामुखमा कुनै दलको छाया पर्नु भएन : रामहरि खतिवडा

हिमाल प्रेस १९ चैत २०७९ १५:२८
10
SHARES
सभामुखमा कुनै दलको छाया पर्नु भएन : रामहरि खतिवडा

काठमाडौँ– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदले गर्ने कुनै पनि काम कारबाहीमा सभामुखकद्द छाया पर्न नहुने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

संसद् लयअनुसार अघि बढ्न नसकेको भन्दै उनले सभामुख र उपसभामुख तल बसेर संसद चलाउन नहुने उनले बताए।

‘सभामुख दह्रो र संसद बलियो हुनुपर्छ। कार्यव्यवस्था तथा परामर्श समितिअनुसार सभामुखले काम गर्नुपर्छ। सभामुखले तटस्थ बसेर समितिको रायअनुसार काम गर्नुपर्छ। कुनै पनि निर्णयमा सभामुखको छाया पर्नु हुँदैन,’ उनले भने।

यसअघिका सभामुखहरूले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर सभामुख भएको र सभामुखको कार्यकाल सकेर फेरि पार्टी काममै फर्किएको भन्दै उनले आश्चर्य प्रकट गरे।
‘यसअघिका सभामुखहरूले के-के गर्नु भो म त्यतातिर जान चाहन्नँ। अहिलेका सभामुखले पार्टी, जात, धर्म, सम्प्रदाय बिर्सिएर काम गर्न आग्रह गर्छु,’ उनले भने।

प्रकाशित: १९ चैत २०७९ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =