दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस १८ चैत २०७९ १२:३७
6
SHARES
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ- दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ः२७ बजे ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

उक्त भूकम्पको धक्का दोलखा, ओखलढुंगा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ।

यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: १८ चैत २०७९ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =