पाँचथरमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

हिमाल प्रेस १८ चैत २०७९ ७:२७
2
SHARE
पाँचथरमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौँ- मेची राजमार्गको फिदिम इलाम सडक खण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–३ कान्छी दोकानमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार प्रदेश १–०१–००१ च ९३४९ नम्बरको कार सडकदेखि करिब २ सय मिटर तल खस्दा झापाको बिर्तामोड–१ निवासी १८ वर्षीय रश्मि भुजेलको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी रश्मिलाई प्रहरीले उद्धार गरेर उपचारार्थ पाँचथर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। कारमा सवार तीन जनाको अवस्था चिन्ताजनक रहको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए।

घाइते हुनेमा बिर्तामोड-१ का राजु भुजेल,सीता भुजेल र लिला भुजेल घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी राति नै झापाको बिर्तामोडतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत २०७९ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =