कृषिमन्त्री भुसालको निर्णय : वैशाखभित्रै कृषिका लागि नयाँ निर्देशिका ल्याउने

हिमाल प्रेस १८ चैत २०७९ ६:४७
4
SHARES
कृषिमन्त्री भुसालको निर्णय : वैशाखभित्रै कृषिका लागि नयाँ निर्देशिका ल्याउने

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पदभार ग्रहण गर्दै वैशाखभित्रै कृषिका लागि नयाँ निर्देशिका ल्याउने ल्याउने बताएका छन्।

भुसालले शुक्रबार पदभार ग्रहण गर्दै संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२ मा उल्लेख भए बमोजिम कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यमा संघ, प्रदेश र स्थानीय तह बीचका अन्तरसम्बन्ध व्यवस्थित गर्ने निर्देशिका आगामी वैशाखभित्र तयार गर्ने पहिलो निर्णय गरेका छन्।

मन्त्रालयमा पदभार ग्रहण गरेपछि भुसालले कर्मचारीलाई मन्त्रालयको समग्र अवस्थाको बारेमा प्रस्तुतीकरण पनि लिएका छन्।

प्रकाशित: १८ चैत २०७९ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =