झापामा ओलीमाथि ढुंगामुढा, प्रतिनिधिसभामा आपत्ति

हिमाल प्रेस १३ वैशाख २०८० १६:२५ | Wednesday, April 26, 2023
झापामा ओलीमाथि ढुंगामुढा, प्रतिनिधिसभामा आपत्ति फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी ओलीमाथि ढुंगामुढाको प्रयास भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा गिरीले ओली सहभागी हुने झापाको बुधबारेमा आयोजित कार्यक्रममा अवाञ्छित गतिविधि गरेको भन्दै आपत्ति व्यक्त गरे।

प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका प्रमुख सचेतक गिरीले पार्टीद्वारा आयोजित ओली सहभागी हुने कार्यक्रम बिथोल्ने, ढुंगामुढा गर्ने काम गरेको भन्दै आपत्ति व्यक्त गरे।

मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला गर्ने, ढुंगामुढा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे।

प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता खालको हर्कत हुन्छ भने एमालेलाई सह्य नहुने चेतावनी समेत दिए।

प्रकाशित: १३ वैशाख २०८० १६:२५ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast