अर्थतन्त्रलाई सुधारको बाटोमा लान्छु : नववियुक्त अर्थमन्त्री महत

हिमाल प्रेस १७ चैत २०७९ १७:३८
10
SHARES
अर्थतन्त्रलाई सुधारको बाटोमा लान्छु : नववियुक्त अर्थमन्त्री महत नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महत शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै। तस्बिर- रासस

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

मुलुकका देखिएको अर्थतन्त्र समस्याका लागि सम्पूर्ण राज्यसंयन्त्र लाग्ने र समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने उनको भनाइ छ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने बाताउँदै उनले वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको जनाए।

राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। मन्त्री महतले मुलुकमा लगानी बढाउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गर्ने बताए।

करदातालाई राजस्वको बोझ थप गरेर नभई करको दायरा बढाएर अर्थतन्त्र सवल बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १७ चैत २०७९ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =