उपनिर्वाचनमा तीनै क्षेत्र जित्ने रास्वपाको दाबी : चितवन २ मा रवि, तनहुँ १ मा स्वर्णिम र बारा २ मा रमेश उम्मेदवार!

हिमाल प्रेस १७ चैत २०७९ ७:४१
14
SHARES
उपनिर्वाचनमा तीनै क्षेत्र जित्ने रास्वपाको दाबी : चितवन २ मा रवि, तनहुँ १ मा स्वर्णिम र बारा २ मा रमेश उम्मेदवार!

काठमाडौँ- वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ३ वटै क्षेत्र जित्ने दाबी गरेको छ।

रास्वपाका सभापति रवि लामिछानेले एकको बदला तीन लिएर आउने दाबी गरेका छन्। यसअघि चितवन २ मा विजयी भएका लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेको थियो।
रास्वपाले उपनिर्वाचन हुने तीन वटै क्षेत्रका उम्मेदवार सार्वजनिक गरेको छ । रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि रमेश खरेलको नाम बारा क्षेत्र नम्बर २ बाट सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको हो ।

बारा २ बाट खरेल उम्मेदवार हुने करिब पक्का भएको छ। खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ। उनीहरू प्रारम्भिक निर्वाचनबाट उम्मेदवार चयन हुनेछन् ।

उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ । चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि अब उनै उठ्ने छन् ।

तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा स्वर्णिम वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ। तर त्यहाँ वाग्लेले टिकट पाउने निश्चित छ।

लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरा गोडामा काँडा बिझेका थिए। म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन,’ उनले भनेका छन्, ‘अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तीन लिएर संसद् छिर्ने सपना छ।

प्रकाशित: १७ चैत २०७९ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 18 =