बागमती प्रदेशमा एसईई परीक्षार्थी घटे : सबैभन्दा बढी काठमाडौँमा, कम रसुवामा

हिमाल प्रेस १६ चैत २०७९ १८:२०
6
SHARES
बागमती प्रदेशमा एसईई परीक्षार्थी घटे : सबैभन्दा बढी काठमाडौँमा, कम रसुवामा फाइल तस्बिर।

काठमाडौँ– बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई परीक्षा)मा १ लाख १ हजार ७ सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन्।

गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको संख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार गत वर्ष १ लाख ७ हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा शुक्रबार (भोलि)देखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयकी सूचना अधिकारी शारदा मैनालीले जानकारी दिइन्।

बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्न पत्र र कापी पुर्‍याउनेलगायतका काम भइसकेको उनले बताए।

चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभर ४ सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ। यो वर्षको एसईई परीक्षामा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार ५ सय ७७ र सबैभन्दा कम रसुवा जिल्लाबाट ६ सय २८ विद्यार्थीले परीक्षा दिने भएका छन्।

निर्देशनालयका अनुसार काठमाडौँमा १ सय २३ र रसुवामा पाँचवटा परीक्षा केन्द्र तोकिएको छ। शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको तथा परीक्षा तालिकाअनुसार भोलि चैत १७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए।

प्रश्न पत्र नजिकको प्रहरी चौकी र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्‍याउने काम भइसकेको तथा सुरक्षाको व्यवस्थासमेत भइसकेको छ। -रासस

प्रकाशित: १६ चैत २०७९ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =