प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह : निजी क्षेत्रलाई पनि उभिन सक्ने बनाउनुस्

हिमाल प्रेस १६ चैत २०७९ १०:२१
4
SHARES
प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह : निजी क्षेत्रलाई पनि उभिन सक्ने बनाउनुस्

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन्।

भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताए।

महामन्त्री शर्माले सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताए। उनले राज्यले, निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिन सक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे।

देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरूले बनाउने नभई समन्वयकारी भूमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको उनको भनाइ थियो। महामन्त्री शर्माले देशले अहिले आर्थिक प्रतिकूलताको सामना गरिरहेको भन्दै अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर बाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताए।

उद्योगहरू विस्थापित हुनबाट रोक्न बैंकबाट लिएको ऋणलाई कसरी कम गर्ने भन्नेतर्फ राज्यले ध्यान दिनु पन उनले बताए। महामन्त्री शर्माले जुत्ता उद्योगलाई बृहत्तर उद्योगको रूपमा बिस्तार गर्न आवश्यक रहेको बताउँदै उनले नेपाली जुत्ता लगाउन, प्रयोग गर्न र नेपाली उत्पादनको प्रयोग बढाउन आग्रह गरे।

प्रकाशित: १६ चैत २०७९ १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =