राजनीतिक चटारोबीच प्रधानमन्त्री चितवन जाँदै

हिमाल प्रेस १६ चैत २०७९ ८:५२
8
SHARES
राजनीतिक चटारोबीच प्रधानमन्त्री चितवन जाँदै फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चितवन प्रस्थान गर्न लागेका छन्। सत्ता गठबन्धनको बैठकका साथै मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् ।

चितवनको भरतपुरस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि उनी केहीबेरमा चितवन प्रस्थान गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ।

उनी दिउँसो १ बजे काठमाडौँ फर्किने कार्यतालिका रहेको छ। प्रचण्ड फर्किएपछि मन्त्रिपरिषद् विस्तारबारे नेताहरुसँग एक चरण छलफल हुने बताइएको छ।

प्रकाशित: १६ चैत २०७९ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =