चीनसँग जोडिएका नाका पूर्णरूपमा खुलाउने सहमति

हिमाल प्रेस १५ चैत २०७९ २०:५१
18
SHARES
चीनसँग जोडिएका नाका पूर्णरूपमा खुलाउने सहमति

काठमाडौँ- कोभिड–१९ को बहानामा बन्द रहेका चीनसँग जोडिएका नेपाली नाका पूर्णरूपमा खुल्ने भएका छन्। करिब ३ वर्षपछि आगामी १ अप्रिलबाट रसुवागढी–केरुङ नाका र १ मेबाट तातोपानी–झाङमु नाका पूर्णरूपमा खुल्ने भएका हुन्।

चीनको स्वशासित क्षेत्र तिब्बतमा बुधबार भएको सचिवस्तरीय कार्यसंयन्त्रको बैठकमा दुवै नाकाबाट द्वीपक्षीय व्यापार र सर्वसाधारणका लागि आवतजावत गर्न अधिकारीहरू सहमत भएका हुन्।

नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र तिब्बत सरकारका कार्यकारी उपप्रमुख चेन योङ्सीको नेतृत्वमा सहभागीहरूले नाका खुला गर्ने विषयमा सहमति दिएका ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ।

त्यस्तै बैठकमा दुई देशबीच सीमा व्यापार तथा सहकार्य गर्ने सम्बन्धमा पनि छलफल भएको थियो। त्यस्तै सुख्खा बन्दरगाह, भन्सार सहकार्यलगायत विषयमा पनि दुई पक्षबीच छलफल भएको थियो।

दुई देशबीचको सीमा क्षेत्रमा प्रयोगशाला स्थापना गर्ने, सीमा वारपार विशेष आर्थिक क्षेत्र स्थापना गर्ने लगायतका विषयमा पनि चिनियाँ पक्ष सकारात्मक देखिएको महावाणिज्य दूतावासले जानकारी दिएको छ।

बैठकमा नेपालबाट चीनतर्फ हुनसक्ने कृषि तथा पशुपञ्छिजन्य उत्पादन, तथा जडीबुटी निर्यातबारे पनि छलफल भएको थियो। सचिव मरासिनीले चिनियाँ पक्षलाई काठमाडौँ-ल्हासा सिधा उडान आवश्यक रहेको जानकारी गराए।

प्रकाशित: १५ चैत २०७९ २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =