नेपाली र अमेरिकी सेनाबीच वार्ता सम्पन्न

हिमाल प्रेस १५ चैत २०७९ १८:५७
12
SHARES
नेपाली र अमेरिकी सेनाबीच वार्ता सम्पन्न

काठमाडौँ- नेपाली सेना र अमेरिकी सेनाबीच दुईपक्षीय छलफल सम्पन्न भएको छ। चैत १३ गतेदेखि सुरु भएको छलफल बुधबार सम्पन्न भएको हो। अमेरिकी सेनाका प्यासिफिक कमान्डका डेपुटी कामान्डर मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाका उपरथी अशोकराज सिग्देलले नेतृत्वमा छलफल सम्पन्न भएको हो।

मानवीय सहायता तथा विपद् उद्धार, शान्तिसम्बन्धी काम, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता विषयमा छलफल केन्द्रित रहेको नेपाली सेनाले जानकारी दिएको छ।

छलफलमा अमेरिकी सेनाको टोलीका २२ जना र नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका गरी १४ जनाको सहभागिता थियो। छलफलपछि अमेरिकी टोलीका प्रमुख स्मिथले प्रधान सेनापति र रक्षा सचिवसँग भेटघाट गरेका थिए।

प्रकाशित: १५ चैत २०७९ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =