सरकारमा नौ दल सहभागी हुने, नयाँ मन्त्रीको नियुक्ति र शपथ बिहीबार गर्ने तयारी

हिमाल प्रेस १५ चैत २०७९ १८:०९
66
SHARES
सरकारमा नौ दल सहभागी हुने, नयाँ मन्त्रीको नियुक्ति र शपथ बिहीबार गर्ने तयारी फाइल तस्बिर

काठमाडौँ– सत्ता गठबन्धन दलको बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रालय भागबन्डाबारे छलफल गर्न बसेको गठबन्धन दलका शीर्ष नेताको बैठक निष्कर्ष बिनै सकिएको हो। मंगलबार पनि गठबन्धन दलको बैठक निष्कर्ष बिनै सकिएको थियो।

जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार सत्ता गठबन्धनमा रहेका १० दलमध्ये ९ वटा दल सरकारमा सहभागी हुने भएका छन्। आजको बैठकमा यी ९ वटै दलले आफ्नो दलले पाउनुपर्ने मन्त्रालयको संख्याबारे दाबी प्रस्तुत गरेका थिए। गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको हो।

माओवादी, कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल समाजवादी, आम जनता पार्टी सरकारमा सहभागी हुने दल हुन्।

‘सबै दलले आफूलाई यति मन्त्रालय चाहियो भनेर दाबी पेस गरे,’ उनले भने, ‘भोलि बेलुकासम्म सबै टुंग्याउने र भोलि नै नयाँ मन्त्रीको शपथ गराउने तयारी छ। छलफल भोलि पनि हुनेछ।’

आजको छलफलमा न्यूनतम साझा कार्यक्रममाथि सुझाव संकलन गर्ने काम पनि भएको छ।

प्रकाशित: १५ चैत २०७९ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =