मिटरब्याजीपीडितहरू पशुपतिमा भाकल चढाउन आएका होइनन् : अनिता देवी

हिमाल प्रेस १५ चैत २०७९ १५:१८
6
SHARES
मिटरब्याजीपीडितहरू पशुपतिमा भाकल चढाउन आएका होइनन् : अनिता देवी

काठमाडौँ– जनमत पार्टीकी सांसद अनिता देवीले सरकारले मिटरब्याजीपीडितहरूको समस्या समाधान गर्न कुनै काम गर्न नसकेको आरोप लगाएकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘११ दिन पैदल हिँडेर मधेशबाट काठमाडौँ आएका उनीहरूको समस्या समाधान गर्न सरकारले केही कदम चालेको छैन। गरिब जनताको जीवनमा अध्याँरै-अध्याँरो पार्ने त्यस्ता अपराधीहरूलाई सरकारले कारबाही गर्न सकेको छैन,’ उनले भनिन्,’ऋणको दलदलमा फसेर गरिब जनताहरू बिदेश जान बाध्य भएका छन्।’

सरकारले तराई मधेशका किसानहरूको उत्पादनलाई बिक्री गर्न र किसानका समस्या समाधान गर्न पनि कुनै योजना ल्याउन नसकेको उनको भनाइ छ।

‘मिटरब्याजीपीडितहरू पशुपतिमा भाकल चढाउन आएका होइनन्। पहिलो पटक काठमाडौँ आउँदा नै पैदल हिँडेर आउनुपर्ने कस्तो बाध्यता हो?,’ उनले सभामुखसमक्ष प्रश्न राखिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =