प्रतिनिधिसभा बैठक बस्दै

हिमाल प्रेस १५ चैत २०७९ ८:२९
प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: १५ चैत २०७९ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =