सत्ता गठबन्धन बैठक : कुन दलले कति मन्त्रालयको दाबी गरे?

हिमाल प्रेस १४ चैत २०७९ १९:२६
52
SHARES
सत्ता गठबन्धन बैठक : कुन दलले कति मन्त्रालयको दाबी गरे?

काठमाडौँ- सत्ता गठबन्धन दलको मंगलबार साँझको बैठक निष्कर्ष बिना टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमति नभएको हो।
आजको बैठकमा दलहरूले मन्त्रीको संख्यामा आ-आफ्नो दाबी पेस गरेका थिए।

नेपाली कांग्रेसले ९ मन्त्रालय, जसपा र नेकपा एकीकृत समाजवादीले ३/३ मन्त्रालयको दाबी गरेका छन्। त्यस्तै लोसपाले २, नागरिक उन्मुक्तिले २, जनमत पार्टीले थप १ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ।

आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा पनि पेस भएको छ। पेस भए पनि कार्यक्रममाथि भने कुनै छलफल नभएको बताइएको छ। छलफल बुधबार बिहान ९ बजे पनि हुँदैछ। बुधबार बिहान निर्णायक छलफल गरेर बुधबार नै मन्त्रिपरिषद्‌ विस्तारको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्।

यता कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने मन्त्रालय भागबन्डाबारे कुनै विवाद नभएको दाबी गरे।

‘सरकारसमर्थक दलको बैठक बस्यो। सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भयो। भोलि फेरि बैठक बस्नेछ,’ लेखकले भने, ‘भागबन्डाबारे छलफल भएन। सरकार चाँडै विस्तार गर्नेगरी छलफल भयो। मन्त्रालय नमिल्ने समस्या छैन। गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ। मन्त्रालयबारे विवाद छैन।’

प्रकाशित: १४ चैत २०७९ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =