शेरबहादुर र प्रचण्डले देशको सीमा खुम्च्याए : क‍ेपी ओली

हिमाल प्रेस १४ चैत २०७९ १७:४९
18
SHARES
शेरबहादुर र प्रचण्डले देशको सीमा खुम्च्याए : क‍ेपी ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले देशको सीमा नै खुम्च्याएको आरोप लगाएका छन्। एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भू-भागको बारे बोलेका हुन्। उनले आफू प्रधानमन्त्री हुँदाको बेलाभन्दा देउवा र प्रचण्डले सरकारको नेतृत्व गरेपछि देशको भूभाग खुम्चिएको टिप्पणी गरे।

‘देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भूभाग नदेखेझैँ गरे। कस्तो दलाली, कस्तो चाकडी होला,’ उनले भने, ‘सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तव्य हो नि। तर खोई मैले त देखिनँ भन्छन्।’

 

प्रकाशित: १४ चैत २०७९ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =