ललितपुरमा मोटरसाइकल दुर्घटना : श्रीमान्‌ श्रीमतीको मृत्यु, पाँच वर्षीया छोरी गम्भीर घाइते

हिमाल प्रेस १४ चैत २०७९ १६:१८
30
SHARES
ललितपुरमा मोटरसाइकल दुर्घटना : श्रीमान्‌ श्रीमतीको मृत्यु, पाँच वर्षीया छोरी गम्भीर घाइते

काठमाडौँ- ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ। आज मंगलबार भएको दुर्घटनामा महांकाल गाउँपालिका १ बुखेल रातोपहिरो सडक खण्डमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटना हुँदा बागमती गाउँपालिका-७ घर भई महांकाल गाउँपालिका-१ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूकी पाँच वर्षीया छोरी सृजना भने गम्भीर घाइते भएकी छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १४ चैत २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =