प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

हिमाल प्रेस १४ चैत २०७९ ११:१२
4
SHARES
प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८ हजार तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज (मंगलबार) तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय छ। यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ५ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर १ हजार ३ सय ५५ मा आएको महासंघले जनाएको छ।

प्रकाशित: १४ चैत २०७९ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =