नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

हिमाल प्रेस १३ चैत २०७९ १८:५४
4
SHARES
नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

काठमाडौँ– नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंकको पूर्वाधार तथा प्रोजेक्ट फाइनान्सिङ (आईपीएफ) विभागले ऋण तथा लगानीबाट सन् २०२२ मा भएको हरितगृह ग्यास उत्सर्जनको प्रतिवेदन सार्वजनिक गरेको हो।

यो विभागले बैंकको ऋण र लगानी पोर्टफोलियोबाट भएको हरितगृह उत्सर्जन मापन गरेको थियो। प्रतिवेदनअनुसार सन् २०२२ मा कुल उत्सर्जन ८०,६७१.३७ टन कार्बनडाइअक्साइड बराबर रहेको छ।

जलविद्युत् र सौर्य ऊर्जामा भएको लगानीबाट २१३१.८१ टन कार्बनडाइअक्साइडबाट बच्न सकिने हरितगृह ग्यास उत्सर्जन भएको छ। यो प्रतिवेदन बैंकले सन् २०२१ मा कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ)मा सहमति जनाएको प्रतिबद्धताअनुसार सार्वजनिक गरेको जनाएको छ।

आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, एयरलाइन्स, दूरसञ्चार सेवालगायत व्यवसायिक क्षेत्रमा लगानी र ऋणको दायरा समावेश गरिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्बन फुटप्रिन्ट घटाउन र बैंकको पोर्टफोलियोलाई थप दिगो बनाउन सक्रिय रूपमा लागेको बताए। ‘नबिल बैंक दिगो भविष्य निर्माणमा समर्पित रहेको छ। हामी भोलिको भविष्य र हरित वातावरण निर्माण प्रतिबद्ध छौँ,’ उनले भने।

नबिल बैंक दिगो बैंकिङमा केन्द्रित रहेको र यसका लागि बैंकले दिगो बैंकिङ युनिट नै बनाएर काम गरिरहेको बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =