मिटरब्याजीको मागप्रति बालेनको ऐक्यबद्धता

हिमाल प्रेस १३ चैत २०७९ १७:५१
26
SHARES
मिटरब्याजीको मागप्रति बालेनको ऐक्यबद्धता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)ले ११ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितको मागप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

सरकारले मिटरब्याजीलाई कारबाही गर्ने भन्दै सरकारले पीडितलाई आश्वासनमात्रै दिने गरेको भन्दै शाह पीडितको पक्षमा बोलेका हुन्।

‘विगत केही वर्षदेखि नेपाल सरकारले मिटर ब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सिमित रह्यो। सधैँ काठमाडौँ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ,’ उनले भने।

बालेनले आन्दोलनको लागि काठमाडौँमा आएकाहरूलाई बासका लागि पशुपति धर्मशालामा निशुल्क व्यवस्था मिलाए पनि पीडितहरूले खुलामन्चमा नै जाने बताएको जानकारी दिए।

उनले पीडितहरूसँग छलफल गरेर शान्तिबाटीकामा आन्दोलन गर्ने ठाउँको बन्दोबस्त मिलाएको पनि बताए। पीडितहरूले खुल्लामन्चनै चाहिने बताएपछि महानगरले प्रहरी खटाएर अवरोध गरेको थियो।

‘हिजो ११ दिन हिँडेर काठमाडौँ आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरू सँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौँ तर उहाँहरू खुल्लामन्च मै बस्न खोज्नु भयो,’ उनले भने, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटीकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौँ र उहाँहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाहरूको समस्या समाधानको लागि जोडदार माग राख्दछौँ।
हामी चाहन्छौ यस्तो अवस्थामा काठमाडौँ कोहि आउन नपरोस , गाउँ-गाउँमा सरकार पुगोस्।’

प्रकाशित: १३ चैत २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =