जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : कमल थापा

हिमाल प्रेस १३ चैत २०७९ १३:३३
26
SHARES
जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : कमल थापा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताएका हुन्। अध्यक्ष थापा लेख्छन्, ‘माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरूको हत्या भएकोछ। उनीहरूका परिवारले न्याय पाउनुपर्छ।’

‘हत्यालाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन। हत्या जघन्य अपराध हो।’
उनले भनेका छन्,‘अहिले विद्रोही र सरकार दुवै एउटै भएकाछन्। यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु।’

— Kamal Thapa (@KTnepal) March 27, 2023

 

प्रकाशित: १३ चैत २०७९ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =