आइतबार १६ जनामा कोभिड संक्रमण

हिमाल प्रेस १२ चैत २०७९ २०:५१
6
SHARES
आइतबार १६ जनामा कोभिड संक्रमण

काठमाडौँ– कोभिड भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा देखिएको संक्रमण आइतबार १६ जनामा देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाकाअनुसार आइतबार ९ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण देखिएको छ। चैत १० गते १ हजार ५ सय १४ जनामा गरिएको परीक्षणमा २ र चैत ११ गते १ हजार २ सय ७२ जनामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको थियो।

संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ। आइतबार सक्रिय संक्रमितको संख्या ४२ पुगेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सीमानाका कारणले नेपाल पनि देखिएको बताए।

मन्त्रालयले कोभिड भाइरसको रोकथाम र नियन्त्रणका लागि सर्वसाधारण सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ चैत २०७९ २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =