देशलाई स्वच्छ प्रहरीको आवश्यकता छ : गृहसचिव

हिमाल प्रेस १२ चैत २०७९ १२:४७
6
SHARES
देशलाई स्वच्छ प्रहरीको आवश्यकता छ : गृहसचिव

काठमाडौँ- गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता रहेको बताएका छन्।

आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्दै उनले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने बताएका हुन्।

उनले समाजमा प्राविधिक गतिविधिहरूमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए। सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलतामा लैजानुपर्ने धारणा राखे।

प्रकाशित: १२ चैत २०७९ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =