एचआईभी संक्रमितहरूका समस्या समाधान गर्ने प्रतिबद्धता

हिमाल प्रेस ११ चैत २०७९ १८:३८
22
SHARES
एचआईभी संक्रमितहरूका समस्या समाधान गर्ने प्रतिबद्धता

सुर्खेत– सामाजिक विकास मन्त्रालयकी यशोधा शर्माले एचआइभी संक्रमितहरूको हरेक खालको समस्या सामाधान गर्ने प्रतिबद्धता जनाएकी छन्। नव किरण प्लसको आयोजना र सेभ द चिल्ड्रेननको सहयोगमा जिल्लास्तरीय सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

एचआइभी संक्रमित भएका व्यक्तिहरूले राज्यबाट पाउनुपर्ने हरेक खालका सेवा सुविधा पाउनुका साथै मानव अधिकारको रक्षा हुनुपर्ने बताएका छन्।

कार्यक्रममा नवकिरण प्लसका संयोजक देवेन्द्र पाठकले महिला तथा बालबालिकाहरूले पाउनुपर्ने हक अधिकार प्रदेशबाटै संक्रमित परिक्षण गर्नुपर्ने र संक्रमितहरूको रिर्पोट पनि छिट्टै आउनु पर्ने माग राखेका छन्। १८ वर्षभन्दा माथिका युवायुवतीहरूले उच्च शिक्षा अध्ययानका लागि छात्रावृत्ति व्यवस्था गर्नुपर्ने बताएका छन्।

संयोजक पाठकले कक्षामा पढाइ हुने पाठ्यक्रममा स्वास्थ्य सिर्जना भ्रमपूर्ण लेखिएको एचआईभीलाई पराण घातक रूपमा राखिएको हुँदा त्यसलाई सच्याएर आउनुपर्ने र आमाले जन्माएको बच्चा सबै एचआईभी संक्रमित नहुने पनि उनले जानकारी दिएका छन्।

एचआईभी संक्रमितहरूलाई प्रदेश सरकारले ५ सय र सेभ द चिल्ड्रेननको गोलो बल फन्डबाट एक हजार गरी जम्मा १५ सय रूपैया मात्र वितरण गर्दै आएको बताएका छन्।

यस्तै कार्यक्रममा जनस्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक लक्ष्मी भट्टराई,वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लगाएत विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित थिए।

प्रकाशित: ११ चैत २०७९ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twenty =