कम लगानीमा ‘फाइभ पी’ उपयुक्त : महामन्त्री थापा

हिमाल प्रेस ११ चैत २०७९ १४:३०
44
SHARES
कम लगानीमा ‘फाइभ पी’ उपयुक्त : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि ‘भाइभ पी’ प्रदर्शनी फलदायी हुने बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा फाइभ पी प्रदर्शनीको उद्घाटन गर्दै थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहनेहरूका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने बताएका हुन्।

नेपालमा नयाँ प्रविधि भित्र्याउने र नवीनतम् उद्योग स्थापना गर्न चाहनेका लागि फाइभ पी राम्रो अवसर हुनसक्ने उनको भनाइ थियो। ‘खास गरेर यो क्षेत्रको (५ पी रिलेटेड) काम गर्नेहरूलाई नयाँ प्रविधि के कस्तो आयो भन्ने कुरा थाहा पाउन सजिलो भयो,’ उनले भने, ‘सानो स्केलमा नयाँ काम गर्छु भन्ने युवाहरूका लागि यहाँ आएर थोरै लगानीमा पनि काम गर्न सकिन्छ भन्ने प्रदर्शनीबाट सिक्न सकिन्छ।’

चैत १२ गतेसम्म चल्ने प्रदर्शनीस्थलमा भेटिएका अवलोकनकर्ताहरूले नयाँ व्यवसाय गर्न चाहने र नयाँ ज्ञान लिन चाहनेका लागि प्रदर्शनी फलदायी हुने उनको भनाइ थियो।

त्यस्तै भारतको नयाँ दिल्लीबाट आएर प्रिन्टिङ मेसिनको स्टल राखेका यश ब्लोअर्स प्रालिका आलोक त्रिवेदीले प्रदर्शनीले मार्केटिङका साथै नेपाली मार्केटको अवस्था बुझ्न सहयोग अपेक्षा रहेको बताए। एक्स्पो अवलोकनका लागि आएकाहरूले निकै रुचि देखाएको प्रतिक्रिया दिए ।

देश तथा विदेशमा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ व्यवसायसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी तथा नवीनतम प्रविधि प्रदर्शनमा सघाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको छ।
प्रदर्शनीले उद्योगी तथा व्यवासायीबीच मात्रै नभई देश विदेशका नवीनतम प्रविधिबारे जान्न चाहने र नयाँ उद्योग स्थापना गर्न चाहानेलाई पनि ठुलो फाइदा पुग्ने आयोजकले बताएको छ।

प्रदर्शनीमा १५ भन्दा बढी नेपाली स्टलहरू राखिएका छन्। जसमा प्लास्टिकजन्य उत्पादनमा आधारित सामग्री धेरै छन्। प्रर्दशनीमा, नेपालमै उत्पादन भएका नाइलनका डोरी, डिस्पोजेबल कप, गिलास, प्लेट, प्लास्टिकका बोत्तल, फुड प्याकेजिङका लागि आवश्यक पर्ने कभर, औषधिका लागि चाहिने कभर, जस्तापाता लगायत सामग्रीहरूको अवलोकन तथा आवश्यक जानकारी लिन पाइने छ।

प्रकाशित: ११ चैत २०७९ १४:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =