बालबालिका र युवामा नैतिक शिक्षाको खाँचो छ : सभामुख

हिमाल प्रेस ११ चैत २०७९ १०:४६
2
SHARE
बालबालिका र युवामा नैतिक शिक्षाको खाँचो छ : सभामुख

काठमाडौँ- सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन्। छैटौँ एसिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पसी कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले संसारभर नै बालबालिका तथा युवालाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताए।

उनले सीमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरूले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताएका हुन्। उनले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताए।

उनले भने,‘बालबालिका तथा युवावर्गलाई अनुशासित, स्वावलम्वी, चरित्रवान तुल्याइ सेवाभावको अभिवृद्धि गर्दै असल नागरिकको रुपमा देश विकास कार्यमा सहभागी गराउन नेपालमा १९५३ सालमा स्थापना भएको हो स्काउट। आज संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो छ।’ उनले भने,‘तर सीमित मुलुकमा मात्रै राज्यले यस क्षेत्रलाई लगानी गरेको पाइन्छ । तर हामी संसारका सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने अवश्य पनि उक्त अभियानमा हाम्रा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी छ।’
सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरूलाई झनै बढाएँदै लैजानुपर्ने बताए।

प्रकाशित: ११ चैत २०७९ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =