गण्डकीमा माओवादी र कांग्रेसको बैठक, आलोपालो सरकारको नेतृत्वबारे छलफल

हिमाल प्रेस १० चैत २०७९ १५:०५
48
SHARES
गण्डकीमा माओवादी र कांग्रेसको बैठक, आलोपालो सरकारको नेतृत्वबारे छलफल

काठमाडौँ- नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग छलफल गरेको छ। संघ सरकारको राजनीतिक समीकरणको प्रभावअनुसार नै गण्डकी प्रदेश सरकारमा पनि कांग्रेस र माओवादीको नयाँ समीकरण बन्ने पक्का भएपछि नेताहरू छलफलमा जुटेका हुन्।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय पोखरामा भएको छलफलमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सांसद विन्दु थापा सहभागी थिए। त्यस्तै नेकपा माओवादीको तर्फबाट संसदीय दलका नेता हरिबहादुर चुमान, पर्यटनमन्त्रीसमेत रहेका रेशमबहादुर जुग्जालीलगायतका सांसद सहभागी थिए।

स्रोतका अनुसार दुई पार्टीका नेताहरूको छलफलमा आगामी सरकार निर्माणबारे कुरा भएको छ। छलफलमा माओवादीका नेताले प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादीले आलोपालो गर्नेबारे कुरा उठाएका थिए। कांग्रेसका नेताहरूले केन्द्रको राजनीतिक घटनाक्रमअनुसार नै प्रदेशमा पनि प्रभाव पर्ने भएकोले यसबारे शीर्ष नेताबीच भएको सहमती मान्य हुने जवाफ दिएका थिए।

एमाले अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट मन्त्री बनेकाहरूले आजै राजीनामा बुझाउँदैछन्। माओवादीले समर्थन फिर्ता लिएर सरबारबाट बाहिरएसँगै मुख्यमन्त्री अधिकारीले अबको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेहुन्छ। विश्वासको मत नपाए उनी स्वत: पदमुक्त हुनेछन्।

यस्तो अवस्थामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना बढी छ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीले राजीनामा बुझाउँदै

प्रकाशित: १० चैत २०७९ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =