कक्षा ५, ८ र ९ मा ग्रेडसिट तयार गर्न विद्यालयलाई निर्देशन

हिमाल प्रेस १० चैत २०७९ १४:५५
4
SHARES
कक्षा ५, ८ र ९ मा ग्रेडसिट तयार गर्न विद्यालयलाई निर्देशन

काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेडसिट तयार गर्न विद्यालयलाई निर्देशन दिएको छ। केन्द्रले शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको मूल्यांकन गर्दा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र लेटर ग्रेडिङ निर्देशिका २०७८ को परिधिमा रहेर ग्रेडसिट तयार गर्न निर्देशन दिएको हो।

चालु शैक्षिक सत्रको कक्षा ९ मा अनिवार्य विषयका नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको तर ऐच्छिक विषयको हकमा पाठ्यक्रम परिमार्जनको क्रममा रहेकाले साविकबमोजिम नै मूल्यांकन गर्न केन्द्रले निर्देशन दिएको छ।

कक्षा ९ को अनिवार्य विषयको हकमा पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राखिएको लेटर ग्रेडिङ पद्धतिको कार्यान्वयनका लागि सहयोगी पुस्तिका २०७९ मा उल्लेख भएअनुसार आन्तरिक र आवधिक मूल्यांकनका आधारलाई पालना गर्न निर्देशन दिइएको छ।

केन्द्रले आगामी शैक्षिक सत्र कक्षा ९ का साधारण धारतर्फ साविकका ऐच्छिक विषयका पाठ्यक्रम र प्राविधिक तथा व्यावसायिक धारका समेत पाठ्यक्रम प्रयोग भइरहेको सन्दर्भमा विद्यार्थीको ग्रेडसिट तयार गर्दा शतप्रतिशत सैद्धान्तिक विषयको हकमा बाह्य मूल्यांकन तथा अभिलेखीकरण ४ पाठ्यघण्टामा गर्न निर्देशन दिएको छ।

प्रकाशित: १० चैत २०७९ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =