एकैपटक बैंक र रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाइने

हिमाल प्रेस ९ चैत २०७९ १६:०५
6
SHARES
एकैपटक बैंक र रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाइने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीमा एकैपटक सञ्चालक वा पदाधिकारी बन्न रोक लगाएको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी काम गर्ने संस्थाको सञ्चालक पदमा रहेको व्यक्ति मनिचेञ्जर वा रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने व्यवस्था गरेको हो।

एकीकृत निर्देशनमा भनिएको छ, ‘यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकैपटक यस बैंकबाट इजाजतपत्र प्राप्त मनिचेन्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन। साथै यस बैंकबाट इजाजतपत्र प्राप्त मनिचेन्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकैपटक अन्य मनिचेन्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन।’

यसरी एकैपटक दुई संस्थाको सञ्चालक वा पदाधिकारी भएको भए २०८० असोज मसान्तभित्र एक संस्था छोड्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। तर सरकार वा राष्ट्र बैंकबाट नियुक्त भएको अवस्थामा यो व्यवस्था लागू नहुने निर्देशनमा जनाइएको छ।

त्यसैगरी रेमिट्यान्स कम्पनीले रेमिट्यान्स भित्र्याउँदा सेवाग्राहीबाट असुली गर्ने शुल्कको केही न केही अंश अनिवार्य रूपमा नेपाली कम्पनीले प्राप्त गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

त्यस्तै एक लाख भन्दा बढी रेमिट्यान्स भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खाता वा चेकमार्फत गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रकाशित: ९ चैत २०७९ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =