चेम्बर पदाधिकारी र राष्ट्रपतिबीच भेटवार्ता

हिमाल प्रेस ९ चैत २०७९ १५:४३
2
SHARE
चेम्बर पदाधिकारी र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले नवनियुक्त राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको हो।

भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए। जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी लिनुपर्ने राष्ट्रपछि पौडेलले सुझाव दिए। ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाएलगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु,’ उनले भने।

अर्थतन्त्रको वर्तमान संकट समाधनका लागि सरकार र निजीक्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए। मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोडदिए।

चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफूहरू विश्वस्त रहेको बताए। ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने, ‘पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरूमा गम्भीर असर गरेको छ।’

पूँजीगत खर्च हुन नसक्ने लगायतका समस्याले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लको भनाइ थियो।

आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग अध्यक्ष मल्लले गरे।

प्रकाशित: ९ चैत २०७९ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =