बेलायतको संसदीय प्रतिनिधिद्वारा एनएमबि बैंकको अवलोकन

हिमाल प्रेस ९ चैत २०७९ १५:३०
2
SHARE
बेलायतको संसदीय प्रतिनिधिद्वारा एनएमबि बैंकको अवलोकन

काठमाडौँ- बेलायतको संसदीय प्रतिनिधिले एनएमबि बैंकको अवलोकन गरेका छन्। गत १४ मार्चमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबि बैंकको अवलोकन गरेको हो।

एनएमबि बैंकको ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टसगँको सहकार्य पछिको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गरिरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिने उद्देश्उले अवलोकन भ्रमण गरिएको बैंकले जानकारी दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरूलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयन पछिको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पु¥याएको योगदानबारे पनि जानकारी गराए।

नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधन आपूर्ति गर्न ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टलगायतका संस्थाले प्रदान गर्ने अनुदानको महत्त्व रहेको पनि केसीले बताए।

प्रतिनिधिहरूले बैंकले जलविद्युत परियोजनामार्फत समुदायको विकासमा पु¥याएको योगदानको प्रशंसा गरे। महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरूको सशक्तीकरणका लागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका समूहहरूको स्तरोन्नतिका लागि बैंकले गरेको योगदानबारे पनि छलफल गरिएको थियो।

विगत २६ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि, ‘बैंक अफ दि इयर एसिया २०२१ बाट सम्मानित बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ पाएको थियो।

बैंकले हाल नेपालमा २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत कारोबार गर्दै आएको छ।

प्रकाशित: ९ चैत २०७९ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =