महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु अध्यक्षमा खत्री विजयी

हिमाल प्रेस ९ चैत २०७९ १५:०४
26
SHARES
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु अध्यक्षमा खत्री विजयी

काठमाडौँ- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियुका माधव खत्री निर्वाचित भएका छन्।

चैत ८ गते सम्पन्न स्ववियु निर्वाचनमा संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका खत्रीले ७५६ ल्याएका थिए। उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका जीवनराज सुवेदीले ६६६ मत पाएका थिए।

यस्तै सचिवमा हरेन्द्रबहादुर विक ९७६ मत ल्याएर विजयी भएका छन्। कोषध्यक्षमा भरतराज बुढ्थापा ८७७ मत सहित विजयी भए।

चैत ५ मा मतदान गर्ने भनिए पनि विवादका कारण चैत ८ मा स्ववियु निर्वाचन भएको थियो।

प्रकाशित: ९ चैत २०७९ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =