तोलामा १२ सय बढ्यो सुनको मूल्य

हिमाल प्रेस ९ चैत २०७९ ११:३४
22
SHARES
तोलामा १२ सय बढ्यो सुनको मूल्य

काठमाडौँ- बिहीबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ वृद्धि भएको छ। बुधबार १ लाख ७ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज १ लाख ९ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार तेजाबी सुनको मूल्य पनि १ हजार २०० सय रुपैयाँले बढेको छ। तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार १ लाख ७ हजार ३०० मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ३३५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३६० कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: ९ चैत २०७९ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =