यस्तो छ आजको मौसम

हिमाल प्रेस ९ चैत २०७९ ६:५८
2
SHARE
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक रहल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ९ चैत २०७९ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =