लाओसविरुद्ध नेपाल २-० गोलले विजयी

हिमाल प्रेस ८ चैत २०७९ १९:५४
54
SHARES
लाओसविरुद्ध नेपाल २-० गोलले विजयी

काठमाडौँ– लाओसविरुद्ध नेपालले जित हात पारेको छ। दशरथ रंगशालामा भएको ‘प्रधानमन्त्री थ्री नेसन्स् कप’अन्तर्गतको उद्घाटन खेलमा नेपालले लाओसविरुद्ध २-० गोलसँगै जित निकालेको हो। नेपालले पहिलो हाफको २९औं मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता निकालेको थियो। त्यस्तै खेलको ५१औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता बढाएका थिए।

खेलको २९ औं मिनेटमा नविन लामाले कर्नरबाट प्रहार गरेको बललाई अनन्त तामाङले हेडमार्फत सुन्दर गोल गरेका थिए। नवयुगले भने निकै लामो प्रहार गरेर बललाई जाली चुमाए। नवयुगले राष्ट्रिय टिमबाट गरेको यो आठौँ गोल हो। लाओसविरुद्ध आज नेपालले तेस्रोपटक खेलेको हो। आजको जितसँगै नेपालले दुईपटक जित र एक खेलमा बराबरीको रेकर्ड राखेको छ।

आज नेपालको तर्फबाट सनिष श्रेष्ठ, मणिकुमार लामा, दिपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यु गरे। अब नेपालले चैत १४ गते भुटानसँग खेल्ने छ। त्यसअघि लाओस र भुटानबीच चैत ११ गते खेल हुनेछ।

 

प्रकाशित: ८ चैत २०७९ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =