४१ करोड १५ लाखको बेटिङ कारोबारमा संलग्न ६ जना पक्राउ

हिमाल प्रेस ८ चैत २०७९ १५:४५
8
SHARES
४१ करोड १५ लाखको बेटिङ कारोबारमा संलग्न ६ जना पक्राउ

काठमाडौँ– बेटिङ कारोबारमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दिलीप सिंह कठायत‚ भुपालराज न्यौपाने‚ नयनराज भण्डारी‚ वरुणकुमार सिंह‚ वासुदेव पाण्डे र शिवानी तामाङ छन्।

प्रहरीले उनीहरू सबैको बैंक खाता रोक्का गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी सोमेन्द्र सिंह राठौरका अनुसार अनुसन्धानका क्रममा विभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खातामार्फत जम्मा १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकममा बेटिङ कारोबार गरेको देखिएको थियो।

अहिलेसम्म उनीहरूले ९ करोड ८ लाख १३ हजार १०८ रुपैयाँको बेटिङ कारोबार भएको भेटिएको छ। अन्य रकमबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ८ चैत २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =