क्यान्सरको भयावह तथ्यांक : उपचारका लागि १६ प्रतिशत नेपाली घरजग्गा बेचेर बाध्य

हिमाल प्रेस ८ चैत २०७९ १४:०१
2
SHARE
क्यान्सरको भयावह तथ्यांक : उपचारका लागि १६ प्रतिशत नेपाली घरजग्गा बेचेर बाध्य

काठमाडौँ- क्यान्सरका कारण १६ प्रतिशत बिरामीले घरजग्गा बेचेर नै उपचार गरेको पाइएको छ।

एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा क्यान्सरको उपचारकै लागि स्थिर सम्पत्ति पनि बेच्न बाध्य भएको अध्ययनले देखाएको हो।

२७ दशमलव दुई प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च बेहोर्ने र ६० प्रतिशत विरामी आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको अध्ययनमा देखाइएको छ।

अध्ययनले सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका विरामीको औषत उमेर ५३ दशमलव पाँच वर्ष रहेको छ। एन्सन नेपालले एक सय तीन जना काठमाडौँमा उपचार गराइरहेका बिरामीसँग अध्ययन गरेको थियो।

अध्ययनले क्यान्सर रोगको उपचारका लागि ४२ दशमलव सात प्रतिशत कृषि, २२ दशमलव तीन प्रतिशत व्यापार, ११ दशमलव सात प्रतिशत दैनिक ज्यालादारी, आठ दशमलव सात प्रतिशत सरकारी सेवा र आठ दशमलव सात प्रतिशत वैदेशिक रोजगार मुख्य उपचारको लागि आम्दानीको मुख्य स्रोत भएको देखाएको छ।

नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ।

अध्ययनमा ४६ प्रतिशत निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो। एन्सन नेपालले सन् २०१९ मा गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीको आर्थिक भारसम्बन्धी अनुसन्धान गरेको थियो।

सो अनुसन्धामा एक दशमलव नौ प्रतिशत उच्च शिक्षा हासिल गरेका व्यक्तिमा मात्र सुर्तीजन्य पदार्थको सेवनका कारणले क्यान्सर हुने गरेको पाइएको छ। रासस

प्रकाशित: ८ चैत २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =